सोमबार, पुष २९, २०८१
14:36 | २०:२१

स्पेन होलिडे जाने बेलायतीले क्वारेन्टाइन बस्न नपर्ने

नेपाली लिङ्क मे २१, २०२१


लन्डन । लकडाउनका कारण होलिडे जान नपाएका बेलायतीहरुका लागि स्पेन सरकारले अर्को हप्ताबाट थप सहज गर्ने जनाएको छ । आगामी सोमबारबाट छुट्टी मनाउन स्पेन जाने बेलायतीहरुले क्वारेन्टाइन बस्न नपर्ने स्पेन सरकारले प्रस्ट पारेको छ ।

छुट्टी मनाउने बेलायतीहरुका लागि स्पेन परम्परागत रुपमा नै लोकप्रिय गन्तव्यस्थान रहँदै आएको छ । स्पेनले आगमन खुला गरेपछि हजारौंको संख्यामा स्पेनका लागि उडान हुने अपेक्षा गरिएको छ । तर, कोरोना परीक्षण  वा खोप लगाएको प्रमाण पेश गर्ने भन्ने बारेमा भने कुनै उल्लेख गरिएको छैन् ।

तर, बेलायतले भने हाल पोर्चुगल लगायतका १२ वटा मुलुकलाई मात्र यात्रा प्रतिबन्धको ‘ग्रीन लिस्ट’ मा राखेर यात्रा गर्न पाउने नियम लागू गरेको छ । अत्यावश्यक कामबाहेक ग्रीन लिस्टका मुलुकभन्दा अन्य मुलुकमा होलिडे नजान सरकारले आग्रह गर्दै आएको छ ।

हालको नियम अनुसार स्पेनलाई बेलायतको ‘एम्बर’ लिस्ट अन्तर्गत राखिएको छ । जस अनुसार त्यहाँबाट फर्किएर आउँदा अनिवार्य रुपमा १० दिन क्वारेन्टाइन बस्नुपर्ने नियम छ ।

गत मार्च १९ बाट लागू हुने गरि पोर्चुगल लगायत इजरायल, सिंगापुर, अष्ट्रेलिया, न्यूजिल्यान्ड, ब्रुनाइ, आइसल्यान्ड, जिब्रलटार, फकल्यान्ड आइल्यान्ड, फारोइ आइल्यान्ड, साउथ जर्जिया एण्ड स्यान्डविच आइल्यान्ड र सेन्ट हेलेना, ट्रिष्टान डि कुन्हा एण्ड एस्सेनसन आइल्याण्डलाई ‘ग्रीन लिष्ट’ मा राखिएको छ ।

ग्रीन लिष्टमा पर्ने मुलुकबाट आउने यात्रुहरुलाई क्वारेन्टिन् बस्न पर्नेछैन् । 

पछिल्लो समय अत्यन्तै घातक मानिने इन्डियन भेरियन्टका कारण बेलायतमा तीन हजार भन्दा बढी संक्रमित भइसकेका छन् । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू