सोमबार, माघ ७, २०८१
13:09
|
१८:५४
रुसमा संक्रमण दर बढ्दै, २४ घन्टामा ९ हजार बढी संक्रमित
रासस÷सिन्ह्वा
मे २१, २०२१
मस्को । रुसमा कोरोना भाइरसका करिब ५० लाख जना संक्रमित पुगेको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार यहाँ बिहीबारसम्ममा ४९ लाख ७५ हजार जना कोरोना भाइरसका संक्रमित पुगेका बताइएको छ ।
रुसमा गएको २४ घन्टामा ९ हजार २३२ जना संक्रमित पुगेका बताइएको छ । गएको २४ घन्टामा देखिएको यो संख्या पछिल्ला केही हप्तायताकै सबैभन्दा धेरै हो ।
यहाँ गएको २४ घन्टायता ३९६ जना संक्रमितको ज्यान गएको छ । पछिल्ला केही हप्ता यता यहाँ कोभिड १९ का संक्रमितहरुको संख्या निरन्तर बढ्दो देखिएको छ । रुसमा सबैभन्दा बढी यहाँको मस्को सहरमा संक्रमित भएका छन् । यो क्षेत्रमा शुरुदेखि नै कोरोनाका संक्रमितहरु बढेका हुन् ।
यहाँ रुसले नै उत्पादन गरेको कोरोना भाइरसका विरुद्धको खोप पनि दिइएको छ । तर खोप दिइ नै रहेको भए पनि यहाँ संक्रमितहरु पनि बढिरहेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५