सोमबार, माघ ७, २०८१
13:07
|
१८:५२
कोरोनाविरुद्ध लड्न भारतलाई ४० देशको सहयोग
रासस/एएनआई
मे २०, २०२१
नयाँ दिल्ली, ६ जेठ–कोरोनाभाइरसको महामारी विरुद्ध लड्न भारतलाई अहिलेसम्म ४० देशले विभिन्न प्रकारका सहयोग गरेका छन् । महामारीबाट अति नराम्रोसँग प्रभावित भएको भारतलाई ती देशहरुले कोरोनाभाइरसको महामारीविरुद्ध जुध्न आवश्यक पर्ने सामग्रीहरु, उपकरण तथा औषधी पठाएका हुन् ।
ती सहयोग सामग्रीहरु भारतीय रेडक्रस सोसाइटीमार्फत् भारत सरकारलाई उपलब्ध गराइएको भारतको विदेश मन्त्रालयले बिहीबार जनाएको छ । भारतमा अहिले फैलिएको दोस्रो चरणको महामारीका कारण दैनिक हजारौको मृत्यु हुने गरेको छ भने लाखौँ सङ्क्रमित हुने गरेका छन् ।
भारतमा विहीबार मात्रै दुई लाख ७६ हजार ११० जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । योसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ५७ लाख ७२ हजार ४४० पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सहयोग गर्ने देशहरुमा अमेरिका, रुस, बेलायत, फ्रान्स, जर्मनी, जापानलगायत रहेको पनि विदेश मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५