सोमबार, पुष २९, २०८१
14:32 | २०:१७

तमु समाज यूकेले कोरोना महामारीविरुद्ध सहयोग जुटाउंदै

नेपाली लिङ्क मे १९, २०२१

लन्डन । तमु समाज यूकेले कोभिड १९ महामारीले आक्रान्त जन्मभूमि नेपालतर्फ सहयोग पठाउन आर्थिक संकलन अभियान शुरु गरेको छ । कोरोना संक्रमणको दोस्रो लहरले नेपाल अति प्रभावित भएका बेला समाजको गत १८ मे २०२१ मा सम्पन्न कार्यसमितिको आपतकालिन बैठकले तत्काल सहयोग पठाउन आर्थिक संकलन गर्ने निर्णय गरेको थियो ।

समाजले नेपालको स्वास्थ्य संकटकाल स्मरण गर्दै आफ्ना सम्पूर्ण सदस्य साथै बेलायतवासी समस्त नेपालीलाई सहयोगको अपिल गरेको छ । समाजले नेपालमा कोभिड १९ महामारीको दोश्रो लहरले दिनहुं सयौं मानिस मरिरहेका र संक्रमित भएकामा चिन्ता पनि व्यक्त गरेको छ ।

तमु समाज यूके अध्यक्ष शिवचन्द्र गुरुङको अध्यक्षतामा बसेको उक्त बैठक महासचिब हर्कबहादुर गुरुङले संचालन गरेका थिए । 

अध्यक्ष गुरुङको बिशेस मन्तब्यपछि भएको छलफलमा उपाध्यक्ष शिवकुमार गुरुङ, निवर्तमान अध्यक्ष तथा सल्लाहकार अर्जुन कुमार गुरुङ, आमा समूहकी अध्यक्ष बिन्दु घले र सल्लाहकार तथा कम्युनिटी सेन्टरका प्रबन्धक बाबुराम गुरुङले अहिलेको आवश्यकता र  संकटबारे मन्तब्यसहित सुझावहरु दिएका थिए।

समाजको अभियानमा सहयोग गर्न चाहनेले निम्न बैंक खातामा चन्दा दिन सक्नेछन् ।

Barclays Bank

AC Name: Tamu Samaj UK

AC No: 93052087

Sort code: 20-37-16

नोट- सहयोग रकम Transfer गर्दा Reference मा COVID-19 लेखिदिनुहोला ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू