नेपालमा देखिएको संक्रमणको परिवर्तित रुप खतरनाक



काठमाडौँको पशुपति क्षेत्रस्थित शवदाह गृहअगाडि कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्ने क्रममा नेपाली सेना । तस्वीर-प्रदीपराज वन्त, रासस
काठमाडौं । नेपालमा कोभिड–१९ संक्रमणको नयाँ परिवर्तित रुप पत्ता लागेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न भागबाट कोभिड –१९ सङ्क्रमितका नमूना परीक्षण गर्दा नयाँ भेरियन्ट पत्ता लागेको मन्त्रालयका सहप्रवक्ता डासमिरकुमार अधिकारीले जानकारी दिए ।
नयाँ भेरियन्टसंगै नेपालमा तीन किसिमका भेरियन्ट फेला परेका छन् । उहाँका अनुसार मन्त्रालयले सङ्क्रमित ३५ जनाको नमूनाको विश्व स्वास्थ्य सङ्गठनका सहयोगमा भारतमा अणुवांशिक (जिन स्क्विन्सिङ) जाँच गर्दा ९७ प्रतिशतमा नयाँ भेरियन्ट पत्ता लगाएको हो ।
तीन प्रतिशतमा भने दोस्रो लहरको संक्रमण देखिएको छ । चौँतीस नमूना परीक्षणमा नयाँ भेरियन्ट देखिएको र एक जनामा मात्र पुराना भेरियन्ट देखिएको छ ।
नयाँ भेरियन्टलाई डब्लुएचओले सन् २०२१ मे १० मा भेरियन्ट अफ कन्सर्न भनी घोषणा गरिसकेको छ । डा अधिकारीले नयाँ भेरियन्ट सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण हुने बताए ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलले भारतमा देखिएको भेरियन्ट नै अहिले यहाँ देखिएको नयाँ भेरियन्ट भएको जानकारी दिए । उनका अनुसार नयाँ भेरियन्ट धेरै मानिसमा सर्ने र जोखिमपूर्ण छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५