अक्सिजन कन्सन्ट्रेटरका लागि बिसीसी यूकेको १५ हजार पाउण्ड सहयोग
लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) यूकेले अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि एनआरएनए यूकेलाई १५ हजार पाउण्ड हस्तान्तरण गरेको छ ।
पछिल्लो समय नेपालमा कोरोना भाइरसको न्यू भेरियन्टले संक्रमण बढाएको र अक्सिजन अभावका कारण थुप्रैले ज्यान गुमाउन थालेपछि बिसीसी यूकेले अक्सिजन कन्सन्ट्रेटर खरिदमा सहयोग गर्ने निर्णय गरेको थियो ।
बुधबार बिसीसी यूकेका अध्यक्ष धर्म तामाङले करिब २१ वटा अक्सिजन कन्सन्ट्रेटर खरिद गर्न पुग्ने १५ हजार पाउन्डको चेक एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङलाई १५ हस्तान्तरण गरे ।
बिसीसी यूकेको अल्डरसटस्थित गुम्बामा आयोजित कार्यक्रममा अध्यक्ष तामाङले पछिल्लो समय नेपाल लगायतका देशहरुमा कोभिड–१९ को नयाँ भेरियन्टले संक्रमण बढाएको, अक्सिजनको अभावका कारण थुप्रैले ज्यान गुमाइरहेको स्मरण गरे । साथै, उनले एनआरएनए यूकेसंग सहकार्य गरी थोरै भए पनि अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै पठाएको रकम सही ठाउँमा पुग्ने विश्वास व्यक्त गरे ।
त्यस्तै, कार्यक्रममा एनआरएनए यूकेकी अध्यक्ष गुरुङले एनआरएनए यूकेले २०० वटा अक्सिजन कन्सन्ट्रेटर पठाउने योजना बनाएको भएपनि अहिले १०० वटा मात्रै अर्डर भएको बताइन् । साथै, उनले बिसीसी यूके एउटा धार्मिक संस्था भएपनि यति ठूलो रकम उपलब्ध गराएकामा धन्यवाद व्यक्त गरिन् ।
कार्यक्रममा बिसीसी यूकेका धर्मगुरु टुल्कु रिन्पोछे, खेन्पो खेकुन्ख्याप, संस्थापक अध्यक्ष ले.रि. काजी शेर्पा, निवर्तमान अध्यक्ष नरेश गुरुङ, उपाध्यक्ष हर्क गुरुङ, बिसीसी यूकेकी आमा अध्यक्ष उर्मिला गुरुङ, आमा उपाध्यक्ष जगना गुरुङ, महासचिव क्याप्टेन देब घले, कोषाध्यक्ष मेजर हितमान गुरुङ, पब्लिक रिलेशन अफिसर मेजर खिम गौचन, आमा समूहकी सल्लाहकार थोसमाया गुरुङ, एनआरएनए यूकेका सदस्य हेम गुरुङलगायतको उपस्थिति थियो ।
स्मरण रहोस्, बिसीसी यूकेले सन् २०१५ को भूकम्प लगायत विपत्तिमा सक्दो सहयोग गर्दै आएको छ ।
एनआरएनए यूकेको अभियानमा जुट्यो २ करोड
नेपालमा कोभिड संक्रमणका कारण उत्पन्न संकटसँग जुध्न सघाउने उद्धेश्यले एनआरएनए यूकेको अगुवाईमा शुरु भएको सहयोग अभियानमा बेलायतवासी नेपालीहरु दिल खोलेर सहयोगमा जुटेका छन् ।
लन्डनस्थित नेपाली दूतावास समेतको सहकार्यमा अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाउन भन्दै एनआरएनए यूकेले अभियान शुरु गरेको चार दिनमै करिब दुई करोड रुपैयाँको सहयोग प्रतिबद्धता आइसकेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५