सोमबार, माघ ७, २०८१
13:14 | १८:५९

चिनियाँ तथा रुसी राष्ट्रपतिले दुई देशको बैठक संयुक्त उद्घाटन गर्ने   

रासस-सिन्ह्वा मे १८, २०२१

बेइजिङ–चीनका राष्ट्रपति सि चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार हुन लागेको दुई देशको आणविक उर्जा सहायता आयोजनासम्बन्धी बैठकको संयुक्त रुपमा उद्घाटन गर्ने भएका छन् ।

सो कुराको जानकारी चिनियाँ विदेश मन्त्रालयले मंगलबार राजधानी बेइजिङमा गराएको हो । सो बैठक बुधबार नै सम्पन्न हुने बताइएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले यी दुई देशबीच बुधबार हुन लागेको आणविक उर्जासम्बधी बैठकको दुवै देशका राष्ट्रपतिले संयुक्त रुपमा उद्घाटन गर्ने र त्यस कार्यक्रमको प्रत्यक्ष भिडयोमार्फत् अवलोकन पनि गर्ने जनाए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू