शुक्रबार, मंसिर १४, २०८१
21:42
|
०३:२७
फिलिपिन्समा ५.८ म्याग्नीच्यूडको भूकम्प
रासस–सिन्ह्वा
मे १२, २०२१
मनिला, २९ बैशाख– भूकम्पीय जोखिममा रहेको देश फिलिपिन्सको अक्सिडेन्टल मिन्डोरो प्रान्तमा बुधबार ५.८ म्याग्नीच्यूडको भूकम्प गएको छ ।
फिलिपिन्सको भूकम्प मापन केन्द्रका अनुसार स्थानीय समय अनुसार बुधबार बिहान ९.०९ बजे गएको भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ११० किलोमिटर गहिराईमा थियो ।
केन्द्रले यस भूकम्पबाट थप परकम्पहरु उत्पन्न हुन सक्ने भए पनि त्यति क्षति नगर्ने जनाएको छ । यस भूकम्पको धक्का मेट्रो मनिलामा पनि अनुभव गरिएको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ