नेपालमा अन्तरराष्ट्रिय उडान जेठ १७ सम्म स्थगित
काठमाडौं–नेपालमा कोरोना महामारी भयावह बन्दै गएपछि सरकारले अन्तरराष्ट्रिय उडान प्रतिबन्ध लम्ब्याएको छ । सरकारले पहिलोपल्ट गत मे ३ तारिख अन्तरराष्ट्रिय उडान प्रतिबन्धको घोषणा गरेको थियो ।
नागरिक उड्डयन प्राधिकरणले आज एक सूचना जारी गर्दै जेठ २७ अर्थात मे ३१ तारिख मध्यरातसम्म अन्तरराष्ट्रिय उडानहरु स्थगित गरिने जानकारी दिएको हो ।
तर, एअर बबलको सम्झौता अनुसार काठमाडौं नयाँदिल्लीबीचका दुई उडान भने निरन्तर संचालन हुने प्राधिकरणले जनाएको छ । जस अनुसार नेपाल एअरलाइन्स र एअर इन्डियाले हाप्तामा एक-एक वटा उडान गर्न पाउनेछन् ।
यसैगरी तत्कालको लागि टिकट बुकिङ नगर्न पनि प्राधिकरणले भनेको छ । बेलायतले नेपाललाई यस अघि नै यात्रा प्रतिबन्धको ‘रेड लिष्ट’ मा राखिसकेको छ ।
हाल नेपालमा संक्रमित र मृत्यु दर महामारी शुरु भएयताकै उच्च भएको छ ।
पछिल्लो २४ घन्टामा मात्रै २२५ जना संक्रमितको ज्यान गएको छ । यो संख्या यसअघिको महामारीको तुलान्मा झन्डै ८ गुणा बढी हो ।
यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप ९४८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५