सोमबार, पुष २९, २०८१
08:51 | १४:३६

एनआरएनए यूके निर्वाचनमा मिडल्याण्डका साझा उम्मेदवार छान्न समिति

नेपाली लिङ्क मे १०, २०२१

लन्डन । एनआरएनए यूके निर्वाचनमा निर्णायक ठानिएको मिडल्याण्डबाट प्रत्यासी छान्न एक समिति गठन भएको छ ।

साझा नेपाली समाज यूकेको मे १० सोमबार सम्पन्न बैठकले मिडल्याण्ड र आसपासमा बसोबास गर्दै आएका नेपालीहरुको प्रतिनिधित्व हुने गरि मिडल्याण्डको एकता प्रतिकका रुपमा ‘मिडल्याण्ड एनआरएनए यूके प्रत्यासी–प्रतिनिधि छनोट समिति’ गठन गरिएको हो ।

एनआरएनए यूकेको आसन्न (२०२१–२३) निर्वाचनमा भाग लिन उक्त क्षेत्रबाट इच्छुक ब्यक्ति चयन गर्न साझा नेपाली समाज यूकेका अध्यक्ष कृष्ण शर्मा सापकोटाको संयोजकत्वमा १३ सदस्यीय ‘मिडल्याण्ड एनआरएनए यूके प्रत्यासी–प्रतिनिधि छनोट समिति’ गठन भएको छ । जसमा दयानिधि सापकोटा, महेश अधिकारी, केशव भण्डारी, कोशलेश्वर (कृष्ण) ढकाल, राजु कंडेल, पशुपति पोख्रेल, भोजराज भण्डारी, दिपक सापकोटा, भिम सारु मगर, उपेन्द्र पौडेल, रामप्रसाद पन्थी र रणबहादुर केसी सदस्य छन् ।

साझा नेपाली समाज यूके कार्यसमिति, ट्रष्टी एवं मिडल्याण्ड क्षेत्रका बुद्धिजिवी, ब्यवसायी र सामाजिक अभियन्तासहित ४५ जनाको उपस्थितिमा सम्पन्न बैठकको सभापतित्व साझा नेपाली समाज यूकेका अध्यक्ष कृष्ण शर्मा सापकोटाले गरेका थिए ।

मिडल्याण्ड ‘एनआरएनए यूके प्रत्यासी–प्रतिनिधि छनोट समिति’ ले यसै हप्ताभित्र आचार संहिता (कोड अफ कन्डक्ट) बनाइ काम सुरु गर्ने जनाइएको छ । मिडल्याण्डवासी नेपालीको ‘संयुक्त प्रत्यासी मण्डल’ घोषणा गरिसकेपछि एनआरएनए यूके निर्वाचनको प्रचार प्रसार र सदस्यता बनाउने कार्यमा तीव्रता दिने योजना समितिको छ ।

‘संयुक्त प्रत्यासी मण्डल’ घोषणासंगै मण्डलले आपसमा सहमति गरी एक जनालाई टिमको प्रमुख ब्यक्ति चयन गरी आफ्ना कार्यक्रम अघि बढाउने र ‘मिडल्याण्ड एनआरएनए यूके प्रत्यासी–प्रतिनिधि छनोट समिति’ को प्रयोजन समाप्त हुने जनाइएको छ ।

छनोट समितिले सकेसम्म सबै मिड्ल्याण्डवासी नेपालीको प्रतिनिधित्व हुने गरी प्रत्यासी प्रतिनिधिहरुको छनोट गर्ने भनिएको छ । ‘संयुक्त प्रत्यासी मण्डल’ भन्दा बाहिरबाट उम्मेदवारी दिने कुनै पनि ब्यक्तित्वलाई साझा नेपाली समाज र यससंग हातेमालो गरेका संस्था र व्यक्तिको समर्थन नरहने पनि बताइएको छ ।

‘मिड्ल्याण्डबासीहरुको एकता एनआरएनए यूकेमा संयुक्त सहभागिता’ नाराका साथ एनआरएनए यूकेलाई आधुनिक, पारदर्शी, चुस्त, नागरिकप्रेमी र विदेशीएका नेपालीहरुको हक अधिकार ब्यवस्थित गरि नेपाल सरकारसंग हातेमालो गर्दै पर्यटन विकास, 
औद्योगिकरण, रेमिटेन्सको अभिलेख ब्यवस्थापन र रेमिटेन्समा योगदानकर्तालाई जीवन विमा ब्यवस्थासम्मको वैधानिक प्रावधान गर्न लागिपर्ने उद्देश्यका साथ अघि बढ्ने योजना रहेको साझा नेपाली समाज यूकेका महासचिव रामप्रसाद पन्थीले जनाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू