प्रम ओली पदमुक्त, संसदमा विश्वासको मत लिन विफल


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली संसदमा विश्वासको मत लिन विफल भएका छन् । संसदको बहुमत गुमाएसंगै ओली पदमुक्त भएका छन् ।
सोमबार संसदको विशेष अधिवेशनमा विश्वासको मतका लागि प्रधानमन्त्रीले राखेको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।
विश्वासको मतको पक्षमा ९३ र विपक्षका १२४ सांसदहरुले मत दिएका छन् । १५ जना सांसदहरू भने पक्ष वा विपक्ष दुवैतर्फ मत नदिंदै तटस्थ बसे ।
संसदको बहुमत गुमाएसंगै ओली पदमुक्त भएका छन् । प्रधानमन्त्रीको विश्वासको प्रस्ताव पारित हुन हाल संसद्मा कायम रहेको २७१ सदस्यमध्ये बहुमत अर्थात् १३६ मत आवश्यक पर्दथ्यो ।
ओलीको आफ्नै दल एमालेका १२१ सांसद छन् । तर, माधवकुमार नेपाल पक्षका सांसदहरु बैठकमा अनुपस्थित रहे ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका सांसदहरुले विपक्षमा मत दिएका छन् । जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका सांसदहरु भने तटस्थ बसे ।
बैठकमा २३२ सांसद उपस्थित थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५