शुक्रबार, मंसिर १४, २०८१
19:51 | ०१:३६

खोपको समानुपातिक वितरणका लागि फ्रान्सको आग्रह

रासस/सिन्ह्वा मे ९, २०२१

फ्रान्सेली राष्ट्रपति म्याक्रों । तस्बिर एएफपी

बेइजिङ, २६ बैशाख– फ्रान्सका राष्ट्रपति म्याक्रोँले नयाँ कोरोना भाइरस खोपको निर्यात नभएकोमा अमेरिका लगायत खोप निर्माण गरेका कतिपय यूरोपेली मुलुकलाई खोपको ब्यवस्थित वितरणका लागि आग्रह गरेका छन् ।

उनले कुनै देशको नाम उल्लेख नगरिकनै भने, ‘कतिपय मुलुकमा उत्पादित खोप शतप्रतिशत आफ्नै बजारमा आपूर्ति भएको छ । जुन दुःखद् कुरा हो ।’

गत साताको अन्त्यमा पोर्चुगलको पोर्टोमा युरोपेली संघ सामाजिक शिखर सम्मेलनमा बोल्दै म्याक्रोंले भने, ‘खोप र कच्चा सामानको निर्यातमा यथोचित वितरण गर्नु जरुरी कार्य भएपनि कतिपय मुलुकले यसो नगरेको तर बहसलाई अन्यथा मोड्न खोजेको पाइएको छ ।’

अङ्ग्रेजी पत्रिका ‘फाइनान्सियल टाइम्स’ ले म्याक्रोनको टिप्पणीहरू विशेष गरी अमेरिका निर्देशित भएको बताएको छ भने अर्को पत्रिका ‘गार्जियन’ ले भने म्याक्राँेले बेलायती र अमेरिकी सरकारलाई अन्य देशहरूमा खोप निर्यात गर्न आग्रह गरेको आफ्नो समाचारमा उल्लेख गरेका छन् ।

यसैबीच यसवर्ष मार्चसम्ममा चीनले विश्वलाई १० करोड ९० लाख खोप निर्यात गरेको छ जुन चीनमा कुल उत्पादनको ४८ प्रतिशत खोप हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू