गोर्खा मुद्दा मैदानबाट होइन्, राजनैतिक सहकार्यबाट सुल्झाउनुपर्छ– मेयर विष्णु गुरुङ
लन्डन– गत मंगलबार लन्डनस्थित हन्स्लो बरोको ५६ औं मेयरका रुपमा निर्वाचित भएपछि विष्णुबहादुर गुरुङ अहिले बधाइ ग्रहण र काउन्सिलमा नयां रणनीति बनाउन व्यस्त छन् ।
उनी भूतपूर्व गोर्खा हुन् । गोर्खाहरुको हकअधिकारका लागि विभिन्न संगठन आन्दोलनरत रहेका बेला मेयर गुरुङले गोर्खा मुद्दा मैदानमा उत्रेर भन्दा राजनैतिक पहलबाट नै समाधान गरिनुपर्ने सुझाएका छन् ।
मेयर पदमा निर्वाचित भएलगत्तै नेपाली लिंकसंग कुरा गर्दै गुरुङले सो कुरा बताएका हुन् ।
स्थानीय राजनीतिक पार्टीहरुसंग सहकार्य गरेर आफ्नो आवाजलाई बलियो र प्रभावकारी बनाउन सकिने उनले बताए । लामो समयदेखि विभिन्न माग राख्दै आन्दोलनरत भूतपूर्व गोर्खा सत्याग्रह संघर्ष समितिले गोर्खा समस्याबारे निर्णायक वार्ताका लागि मंगलबार भोक हड्तालको चेतावनीसहित बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई ‘अल्टिमेटम’ पत्र पठाइसकेको छ ।
गैरआवासीय नेपाली संघले पनि स्थानीय नागरिकहरुको हक हितमा विशेष जोड दिनुपर्ने र स्थानीय प्रोटोकल र पोलिसीलाई पनि ध्यान दिनुपर्ने गुरुङले बताए ।
एनआरएनए नेपालीहरुको मुख्य संस्था भएकाले विश्वभर छरिएर रहेका नेपालीप्रति थप उत्तरदायी हुनुपर्ने उनको धारणा छ ।
उनीसंग थप संवाद यस भिडियोमा-