नेपालमा एकैदिन थप ९ हजार ७० संक्रमित, मृतक संख्या ३ हजार ५ सय नाघ्यो
२४ घन्टामा ५४ को मृत्यु



कोभिड सङक्रमणका कारण विभिन्न ठाउँमा बुधबार मृत्यु भएका सर्वसाधारण दाह संस्कारका लागि पशुपतिस्थित विद्युतीय शव दाहगृहमा ल्याइँदै सुरक्षाकर्मी । तस्वीर- रत्न श्रेष्ठ, रासस
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप नौ हजार ७० जनामा कोभिड–१९ को सक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय पिसिआर विधिबाट २० हजार ३६७ र एन्टिजेन विधिबाट ७७५ जनाको परीक्षण गर्दा क्रमशः आठ अजार ९७० र सय जनामा सक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ५४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमित तीन लाख ६८ हजार ५८० पुगेका छन् ।
त्यस्तै पछिल्लो समय थप दुई हजार ७०७ जना निको भएका छन् । यससँगै निको हुने दुई लाख ९२ हजार ४९० छन् । निको हुने दर भने ७९ दशमलब चार प्रतिशत छ ।
अहिले देशभर ७२ हजार ५६१ सक्रिय सङ्क्रमित छन् । तीमध्ये ६७ हजार २४६ जना होम आइसोलेशनमा र पाँच हजार ३१५ जना संस्थागत आइसोलेशनमा छन् ।
त्यस्तै ६५२ जनाको सघन उपचार कक्ष र २०१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । तीन सय १४ जना क्वारेन्टिनमा छन् । हालसम्म नेपालमा २५ लाख ७८ हजार ४१८ को पिसिआर परीक्षण भएको छ ।
त्यस्तै पछिल्लो समय कोरोनाका कारण ५४ जनाको मृत्यु भएको छ । हालसम्म तीन हजार ५२९ जनाले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५