सोमबार, फागुन १२, २०८१
रहेनन् वरिष्ठ गायक प्रेमध्वज प्रधान


नेपाली लिङ्क
मे ६, २०२१
काठमाडौं । नेपाली संगीतका वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन भएको छ ।
८४ वर्षीय प्रधानको सुन्धारास्थित काठमाडौं न्यूरो एन्ड जनरल अस्पतालमा बिहीबार निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
छातीमा समस्या देखिएपछि केही दिनअघि अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा निधन भएको हो ।
वि. सं. १९९४ मा सिन्धुपाल्चोकको चौतारामा जन्मिएका गायक प्रधानले नेपाली सांगीतमा थुप्रै कालजयी गीतहरु दिएका छन् ।
उनले गाएका घुम्तीमा नआउ है, यो नेपाली शिर उचाली, पर लैजाऊ फूलहरु, गोरेटो त्यो गाउँको, तिमीलाई अचेल कहाँ भेटौंलगायत कयौं गीत सदाबहार लोकप्रिय छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५