नेपाल कोरोना नियन्त्रणबाहिर जांदै, थपिए अहिलेसम्मकै धेरै संक्रमित
५ हजार ७६३ नयाँ संक्रमित



टेकुस्थित शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालमा शुक्रबार कोभिड १९ बिरामीको उपचार गर्दै चिकित्सक । तस्वीर- रोशन सापकोटा, रासस
काठमाडौं । पछिल्लो २४ घण्टामा पाँच हजार ७६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल १४ हजार ९६९ नमूना परीक्षण गरिएकामा उक्त संख्यामा कोभिड–१९ पुष्टि भएको हो । त्यस्तै, उपचारपछि निको भएर घर फर्किनेको संख्या एक हजार २८७ छ भने पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १९ पुगेको छ ।
मन्त्रालयका अनुसार देशभर ४० हजार १०३ जना होम आइसोलेशनमा तथा संस्थागत आइसोलेशनमा तीन हजार ११० रहेका छन् । पछिल्ला २४ घण्टामा दुई हजार ४५५ महिला र तीन हजार २५१ पुरुष सङ्क्रमित भएका छन् ।
काठमाडौँमा एक हजार ९३२ जना सङ्क्रमित फेला परेको मन्त्रालयले जनाएको छ । भक्तपुरमा २०८ र ललितपुरमा ३५५ सङ्क्रमित फेला परेका छन् । त्यस्तै ४०१ जना आइसियुमा उपचाररत र ११० जना भेन्टिलेटरमा छन् । आइसियू श्ययाको कूल संख्या एक हजार २०३ र ५०८ भेन्टिलेटर छन् ।
नेपालमा कोरोना संक्रमण अप्रत्यासित बढेपछि स्वास्थ्य मन्त्रालयले देशको स्वास्थ्य प्रणालीले धान्न नसक्ने अवस्था आएको र बिरामीलाई अस्पतालमा बेड समेत उपलब्ध गराउन नसकिने बताएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५