भारतमा एकै दिन थपिए झन्डै चार लाख संक्रमित
नयाँ दिल्ली । भारतमा कारोनाभाइरसबाट संक्रमित भएकाहरुको दैनिक संख्या दिन प्रतिदिन वृद्धि हुँदै गएको छ ।
तीव्र गतिमा फैलिएको कोरोनाभाइरसबाट एकै दिनमा तीन लाख ८६ हजार ४५२ जना संक्रमित भएका छन् ।
कोरोनाभाइरसको महामारी फैलिएदेखि यता गत २४ घण्टामा हालसम्मकै सबैभन्दा धेरै संक्रमित भएको अधिकारीहरुले जनाएका छन् ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार सोही अवधिमा तीन हजार ४९८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
दैनिक रुपमा संक्रमणमुक्त हुनेहरुको संख्या पनि बढिरहेको पाइएको छ । पछिल्लो २४ घण्टामा दुई लाख ९७ हजार ४५० जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । देशभर कुल संक्रमितमध्ये अहिलेसम्म कुल एक करोड ५३ लाख ८४ हजार ४१८ जना संक्रमणमुक्त भएका छन् ।
भारतमा अहिलेसम्म कुल एक करोड ८७ लाख ६२ हजार ९७६ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । तीमध्ये ३१ लाख ७० हजार २२८ जना अझै पनि संक्रमित अवस्थामै रहेको मन्त्रालयको तथ्यांक छ ।
भारतको स्वास्थ्य अनुसन्धान परिषदका अनुसार अप्रिल २९ तारिखसम्म देशभर कुल २८ करोड ६३ लाख ९२ हजार ८६ ओटा स्वाब परीक्षण गरिएको छ । तीमध्ये पछिल्लो २४ घण्टामा १९ लाख २० हजार १०७ जनाको कोरोना परीक्षण गरिएको अधिकारीहरुले जनाएका छन् ।
भारतमा एकातर्फ महामारी फैलिइरहेको छ भने अर्को तर्फ कोरोनाभाइरस विरुद्धको खोप लगाउने क्रम पनि जारी छ । सरकारी अधिकारीहरुका अनुसार अहिलेसम्म १५ करोड २२ लाख ४५ हजार १७९ मात्रा खोप खपत भएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५