आइतबार, फागुन १८, २०८१
पूर्वरानी कोमल आइसीयूमा, पूर्वराजालाई अक्सिजन सपोर्ट


रासस
अप्रिल २९, २०२१
काठमाडौं । पूर्वमहारानी कोमल राज्यलक्ष्मी शाहलाई सघन उपचारकक्ष (आइसीयू) मा राखेर उपचार भइरहेको छ ।
श्वासप्रश्वासको समस्या देखिएपछि उनलाई बुधबार साँझदेखि आइसीयू कक्षमा राखेर उपचार गरिएको नर्भिक अस्पतालका सूचना अधिकारी सोमनाथ बाँस्तोलाले जानकारी दिए ।
उनका अनुसार पूर्वमहारानी कोमललाई अक्सिजनको हाइफ्लो सर्पोटमा राखेर उपचार भइरहेको छ । ‘अक्जिनसको मात्रा कम भएकाले शाहलाई अक्सिजनको हाइफ्लो सर्पोटमा राखिएको छ’, उनले भने । यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि अक्सिजनको सर्पोटमा राखेर उपचार भइरहेको छ ।
उनकी छोरी प्रेरणा राज्यलक्ष्मी शाहको अवस्था भने सामान्य छ । केही दिनअघि कोरोना भाइरस संक्रमण देखिएपछि उनीहरु तीनै जनालाई अस्पताल भर्ना गरिएको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५