सिसीएमसीद्वारा जनगुनासा सम्बोधन गर्न संयन्त्र गठन
काठमाडौँ–कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) ले संक्रमण र बन्दाबन्दीमा जनताका गुनासा सम्बोधन गर्नका लागि संयन्त्र गठन गरेको छ । सिसीएमसीका निर्देशक उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज निर्देशन दिएपछि जनताका गुनासा, उजुरी तथा सुझावको तत्काल कार्यान्वयन गर्नका लागि संयन्त्र गठन गरिएको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार जनताका गुनासा टोल फ्री नं ११४० मा फोन गरे २४ घण्टाभित्र समस्याको समाधान हुने गरी संयन्त्र गठन गरिएको छ । यस्तै शव व्यवस्थापनका लागि १०५ र एम्बुलेन्सका लागि १०२ मा सम्पर्क राख्न हुन सिसीएमसीले अनुरोध गरेको छ ।
यसैगरी विदेश जाने र विदेशबाट आउनेले सिसीएमसीको वेबसाइट ccmc.gov.np मा रहेको फाराम भर्न अनुरोध गरिएको छ । यसरी सङ्क्रमण र बन्दाबन्दीमा परेका व्यक्तिलाई सहज बनाउनका लागि संयन्त्र गठन गरिएको हो ।
कोरोना भाइरस सङ्क्रमणको दर उच्च भएपछि सरकारले आजदेखि उपत्यकामा वैशाख मसान्तसम्म बन्दाबन्दीको घोषणा गरेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५