नेपालमा थपिए चार हजार ८९७ संक्रमित



ललितपुर पुल्चोकस्थित निदान अस्पतालमा बुधबार कोभिड भ्याक्सिन लगाउन लाइनमा बसेका सर्वसाधारण । तस्वीर- चन्द्रकला क्षेत्री, रासस
काठमाडौँ–नेपालमा पछिल्लो २४ घन्टामा चार हजार ८९७ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १४ हजार ८३४ जनाको परीक्षण गर्दा चार हजार ८९७ मा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।
१३ हजार ८७९ को पीसीआर गर्दा चार हजार ७७४ र ९५५ जनाको एन्टीजेन गर्दा १२३ जनामा कोरोना पुष्टि भएको हो । कूल सङ्क्रमितमध्ये हाल ३० हजार २०९ सक्रिय सङ्क्रमित छन् ।
त्यस्तै कूल सङ्क्रमितमध्ये दुई हजार ४७ जना मात्र काठमाडौँ उपत्यकामा भेटिएका छन् । काठमाडौँमा एक हजार ४६४, ललितपुरमा ३५१ र भक्तपुरमा २३२ सङ्क्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा रिपोर्ट प्राप्त भएअनुसार १७ सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या तीन हजार २११ पुगेको छ । पछिल्लो २४ घण्टामा ७७३ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५