सोमबार, पुष २९, २०८१
06:02 | ११:४७

बेलायतमा कोरोना संक्रमण घट्दै गएपनि तेस्रो लहरको चेतावनी

२४ घन्टामा २९ जनाको मृत्यु

नेपाली लिङ्क अप्रिल २८, २०२१

लन्डन । बेलायतमा पछिल्लो समय कोरोना संक्रमण दर निरन्तर ओरालो लाग्दै गएको छ । संक्रमण र मृत्यु दर दुवैमा कमी आएको तथ्यांकले देखाएको छ । विगत केहि दिनयता बेलायतमा कोरोना संक्रमणको प्रभाव यो वर्षकै कम देखिएको छ ।

यद्धपि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले भने कोरोना महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिएका छन् । पछिल्लो समयमा संक्रमण दर निकै कम हुँदै गएको छ, यसको मतलव कोरोनाबाट पूर्ण रुपमा मुक्त भएको बुझ्न नहुने उनले बताएका छन् । खोप वितरणमा दिएको तीव्रताले निकै सफलता मिलेको पनि उनले बताए ।

बुधबार सार्वजनिक तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा थप २९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससंगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख २७ हजार ४८० पुगेको ‘डिपार्टमेन्ट अह हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ ।

यसैगरी २४ घन्टामा थप दुई हजार १६६ जना नयाँ संक्रमित थपिएका छन् । थपिएका नयाँ संक्रमितसंगै बेलायतमा कुल संक्रमितको संख्या ४४ लाख एघार हजार ७९७ पुगेको छ ।

कोरोना संक्रमणका कारण १२४ जना अस्पताल भर्ना भएका छन् भने एक हजार ६३४ जनाको अस्पतालमा उपचार भइरहेको छ । हाल २२७ जनाको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।

अस्पतालमा कोरोनाका बिरामीको संख्या पनि निरन्तर घट्दै गएको छ ।

४ करोड ७५ लाख भन्दा बढी खोप वितरण

बेलायतमा हालसम्म ४ करोड ७५ लाख भन्दा बढी खोप वितरण भइसकेको छ । हालसम्म खोपको पहिलो तथा दोस्रो गरि गरि ४ करोड ७५ लाख ४० हजार ९८४ डोज खोप वितरण गरिसकिएको स्वास्थ्य विभागको तथ्यांकले देखाएको छ ।

जसमध्ये ३ करोड ३९ लाख ५९ हजार ९०८ जनाले पहिलो र एक करोड ३५ लाख ८१ हजार ७६ जनाले दोस्रो डोज लिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू