बिहीबार, मंसिर १३, २०८१
17:34 | २३:१९

ब्राजिलमा कोभिडबाट ज्यान गुमाउने झन्डै ४ लाख

रासस-सिन्ह्वा अप्रिल २८, २०२१

ब्राजिल । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को संक्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ९५ हजार नाघेको छ ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार मंगलबार मात्र  कोभिड–१९ को संक्रमणमा परेका तीन हजार ८६ जनाको एकै दिनमा ज्यान गएको छ । 

योसँगै ब्राजिलमा कोभिडको प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ९५ हजारभन्दा बढी पुगेको  छ । त्यसैगरी सोही अवधिमा थप ७२ हजार बढीमा कोरोना भाइरस संक्रमण देखिएको पनि मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको महामारी शुरु भएयता ब्राजिलमा एक करोड ४४ लाख ४१ हजार जनाभन्दा बढीमा संक्रमण भइसकेको छ ।

पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको नयाँ प्रजातिको भाइरसका साथै नयाँ-नयाँ छाल् आइरहेका छन् । अस्पतालले बिरामीको चाप थेग्न नसकेपछि उपचारमा समस्या भएको जनाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू