मंगलबार, माघ ८, २०८१
18:56 | ००:४१

बंगलादेशमा रुसी खोप प्रयोगको अनुमति

रासस-सिन्ह्वा अप्रिल २८, २०२१


बंगलादेश । बंगलादेशमा रुसले निर्माण गरेको कोरोना विरुद्धको खोपलाई प्रयोगको अनुमति दिइएको छ । 

बंगलादेश सरकारले सो खोपको आपतकलीन प्रयोगका लागि अनुमति दिएको बताइएको छ । 

बंगलादेशको औषधि प्रशासनका प्रमुख मेजर जनरल महबुर रहमानले रुसले निर्माण गरेको ‘स्पुतनिक भि’ नामको कोरोना विरुद्धको खोप प्रयोगका लागि अनुमति दिएको जानकारी गराए   

रहमानले भने, ‘हामीले रुसले उत्पादन गरेको स्पुतनिक भि खोपको प्रयोगका लागि अनुमनि दिएको छौँ । यसअघि बंगलादेशमा एस्ट्राजेनेका खोप पनि प्रयोग गरिएको छ ।’

एस्ट्राजेनेका खोप भारतबाट बंगलादेश आउन ढिलाई भएको थियो । खोपको अर्को डोज आउन निकै ढिला भएकोले हालका लागि रुसको खोपलाई अनुमति दिइएको बताइएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू