नेपालमा एकैदिन ४ हजार ५ सय बढी संक्रमित


काठमाडौं–नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ५ सय बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पीसीआर र एन्टिजेन दुवै विधिबाट गरिएको परीक्षणमा ४ हजार ५ सय २४ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा मात्रै १ हजार ६ सय दुई जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने ललितपुरमा २४० र भक्तपुरमा १२४ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै बाँकेमा पनि ५१५ जनामा संक्रमण पुष्टि भएको छ ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या तीन लाख ७ हजार ९२५ पुगेको छ भने निको हुनेको संख्या २ लाख ७८ हजार ५०६ पुगेको छ । यस्तै मृतकको संख्या ३ हजार १९४ पुगेको छ ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट १४ हजार ६७२ जनाको परीक्षण गर्दा ४ हजार ३४६ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट १ हजार ९ जनाको परीक्षण गर्दा १६० जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै बितेको २४ घण्टामा थप १८ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको पनि मन्त्रालयले जनाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५