आइतबार, फागुन १८, २०८१
पीसीआर परीक्षण शुल्क बढी लिनेलाई कारवाही गरिने


रासस
अप्रिल २७, २०२१
काठमाडौँ–स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को पिसिआर परीक्षण शुल्क बढी लिने प्रयोगशालालाई कारवाही गर्ने भएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले आज सूचना जारी गर्दै पिसिआरको शुल्क बढी लिने गरेको जनगुनासो मन्त्रालयमा प्राप्त भएकाले त्यस्ता प्रयोगशालालाई कारवाही गरिने जानकारी दिए । उनका अनुसार बढी लिएको पाइएमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामार्फत ती प्रयोगशालालाई परीक्षणको सूचीबाट हटाइने छ ।
मन्त्रालयले सरकारी प्रयोगशालालाई रु एक हजार र निजी प्रयोगशालालाई पिसिआर परीक्षण शुल्क रु दुई हजार तोकेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५