मंगलबार, माघ ८, २०८१
21:56 | ०३:४१

जापानमा कोभिडबाट मृत्यु हुने दश हजार बढी

रासस-सिन्ह्वा अप्रिल २७, २०२१

टोकियो । जापान सरकारले तेस्रो पटक संकटकाल घोषणा गरेको दोस्रो दिन सोमबार सार्वजनिक तथ्यांकले हालसम्म यहाँका संक्रमितमध्ये १० हजार बढीको ज्यान गएको देखाएको छ । संकटकाल घोषणा गरेपछिको दोस्रो दिनमै सोमबार मात्र यहाँ कोरोना भाइरसबाट संक्रमितहरुको संख्या झन धेरै देखिएको छ । 

जापानमा अहिलेसम्ममा पाँच लाख ६६ हजार जना भन्दा बढी नागरिक संक्रमित भएका छन् ।  अधिकारीहरुले पछिल्ला केही हप्तामा जापानमा संक्रमित हुने र मृत्यु हुने दर बढिरहेको पनि बताएका छन् ।

जापानको राजधानी टोकियो र त्यसपछि पश्चिमी प्रान्तहरु सहरहरु ओसाका, क्योटो र ह्योगोमा प्रधानमन्त्री याशिहिदे सुगाले आइतबार संकटकाल घोषणा गरेका थिए । संकटकालपछि सोमबार मात्र कम्तीमा ३ हजार ३ सय जना जतिमा संक्रमण देखिएको छ । 

राजधानी टोकियोसहित कोरोना भाइरसबाट बढी प्रभावित अन्य सहरहरु कानागावा, सैतामा, चिबा, ओसाका, ह्योगो र फुकुओकामा लागू गरिएको हो । यहाँ कोरोनाविरुद्धको खोपको काम भने निकै ढिला भएको बताइएको छ । यहाँका अधिकारीहरुले कारोना खोप दिन ढिला गरिरहेकोले आलोचना पनि भइरहेको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू