आइतबार, फागुन १८, २०८१
काठमाडौंमा एक साता निषेधाज्ञाको प्रस्ताव
हवाई उडान सुचारु राखिने


नेपाली लिङ्क
अप्रिल २६, २०२१
काठमाडौं । काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा वैशाख एक साता निषेधाज्ञा लगाउने प्रस्ताव गरिएको छ ।
सोमबार गृहमन्त्रालयमा सम्पन्न तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले बैशाख १६ देखि एक साता निषेधाज्ञा लगाउने सहमति गरेको हो ।
प्रमुख जिल्ला अधिकारीहरुको बैठकको निचोडलाई प्रस्तावका रुपमा मन्त्रीपरिषदमा पठाइएको छ ।
निषेधाज्ञासम्बन्धि अन्तिम निर्णय भने मन्त्रीपरिषद बैठकले गर्ने बताइएको छ । मन्त्रीपरिषद बैठक सोमबार नै साँझ ५ बजे बस्दैछ ।
निषेधाज्ञा कार्यान्वयनमा आएपछि सार्वजनिक तथा निजी गाडीहरु बन्द हुनेछन् भने बजार, कलकारखानालगायत आमरूपमा सबै जनजीवन ठप्प हुनेछ । तर, हवाई उडान भने निषेधाज्ञाकै अवधिमा पनि सुचारु राखिने भनिएको छ ।
कोभिडको नयाँ भेरियन्टको संक्रमण नियन्त्रणबाहिर जान लागेपछि निषेधाज्ञाको कदम चाल्न लागिएको हो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५