मंगलबार, मंसिर ११, २०८१
16:25 | २२:१०

उपत्यकाका प्रजिअबीच छलफल हुँदै

रासस अप्रिल २६, २०२१

काठमाडौँ । कोरोना सङ्क्रमण तीव्र बनेपछि उच्च जोखिममा रहेको काठमाडौँ उपत्यकामा उच्च सतर्कता अपनाउने विषयमा काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी छलफलमा जुटेका छन् । तीनै जिल्लाका प्रजिअ सम्मिलित बैठकमा कोरोना भाइरसको ‘चेन ब्रेक’ गर्न तत्काल के गर्ने भन्ने विषयमा छलफल भइरहेको काठमाडौँका प्रजिअ कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

‘अहिले हामी छलफलमै छौँ, बुँदागत रुपमा छलफल भइरहको छ’, उहाँले भन्नुभयो, ‘केही समयपछि आधारिकारिक निर्णय सार्वजनिक गर्छौं ।’

सङ्क्रमण बढ्दै गएपछि तत्काल आवश्यक कदम चाल्न जनस्वास्थ्यविद्ले सरकारकालाई दबाब दिएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले आइतबार शहरी क्षेत्रमा ५०० र पहाडी क्षेत्रमा २०० सक्रिय सङ्क्रमित पुग्नेबित्तिकै निषेधाज्ञा जारी गर्ने अख्तियारी स्थानीय प्रशासनलाई दिन मन्त्रिपरिषद्समक्ष सिफारिश गरेको छ ।

आजै अपराह्न ५ बजे मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू