सोमबार, पुष २९, २०८१
06:06 | ११:५१

स्कटल्याण्डमा चार महिनापछि लकडाउन खुल्यो

नेपाली लिङ्क अप्रिल २६, २०२१

फोटो बीबीसी

लन्डन । झन्डै चार महिना लामो लकडाउनपछि स्कटल्याण्डमा आज सोमबारबाट लकडाउन खुला गरिएको छ । लकडाउन खुलेसंगै यसअघि बन्द रहेका  पसल, जीमखाना, स्विमिङ पुल, पब, रेष्टुरेन्ट तथा क्याफेहरू संचालनमा आएका छन् ।

यसकासाथै बेलायतका अन्य भागबाट अत्यावश्यकबाहेकका लागि गरिएको यात्रा प्रतिबन्ध पनि खुला गरिएको छ । हाल स्थगित रहेका ड्राइभिङ क्लास र परिक्षा पनि पुन: सुचारु हुनेछन् ।

यसैगरी नेल शैलुन, संग्राहलय र होलिडे आवास पनि आजैबाट संचालनमा आएका छन् । बढीमा ६ जनासम्म दुई घरपरिवारका मानिसहरु घरभित्र भेटघाट गर्न सक्नेछन् ।

हस्पिटालिटी व्यवसायहरु क्याफे, पब, रेष्टुरेन्ट बेलुका ८ बजेसम्ममात्र खोल्न पाइनेछ भने अल्कोहल निषेधित गरिएको छ । तर, आउटडोरमा भने अल्कोहल प्रयोग गर्न सकिनेछ ।

अन्त्येष्टी र विवाह समारोहमा बढीमा ५० जनासम्म जम्मा हुन सक्नेछन् । स्कटल्याण्डमा गत वर्ष डिसेम्बर २६ बाट चौथो तहको लकडाउन गरिएको थियो ।

इंग्ल्याण्डमा भने यसअघि नै लकडाउन सहज गरिएको छ । तर, बार रेष्टुरेन्ट तथा क्याफेहरूमा आउटडोर सेवा मात्र उपलब्ध छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू