मंगलबार, माघ ८, २०८१
21:50 | ०३:३५

भारतमा कोरोना बढेपछि विभिन्न राष्ट्रद्वारा सहयोग बाचा

रासस-सिन्ह्वा अप्रिल २६, २०२१

नयाँ दिल्ली–दोस्रो लहरका रुपमा आएको कोरोना भाइरस महामारीका कारण गम्भीर रुपमा प्रभावित भएको भारतलाई अमेरिकासहित विश्वका कैयौँ देशले आपतकालीन स्वास्थ्य सामग्री तथा औषधि सहयोगको बाचा गरेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि भारतलाई आवश्यक र सक्दो सहयोग गर्ने बताएका छन् । उनले भनेका छन् “जसरी भारतले हामीलाई महामारीको सुरुवाती चरणमा अस्पतालहरूको सहयोगका निम्ति मद्दत ग¥यो, अहिले हामी पनि भारतलाई मद्दत गर्नेछौँ ।’

यसअघि भारतमा कोभिड विरुद्धको एस्ट्राजेनेका खोप निर्माणका निम्ति आवश्यक कच्चा पदार्थमा अमेरिकाले रोक लगाएको थियो तर त्यो निर्यात प्रतिबन्धलाई हटाइदिएको बताएको छ ।

बेलायतले भारतमा भेन्टिलेटर तथा अक्सिजन प्रयोगका लागि आवश्यक उपकरणहरू पठाउन थालेको छ । युरोपेली युनियनका सदस्य राष्ट्रहरूले पनि भारतलाई विभिन्न खालको सहयोग पठाउँदैछन् ।

भारतीय राजधानी नयाँ दिल्लीका अस्पतालहरू बिरामीले भरिएका छन् । यहाँ आएका विरामीलाई अस्पतालले फर्काउँदैछन् । त्यस्तै पछिल्लो समयमा त्यहाँ लकडाउन पनि लम्ब्याइएको छ ।

भारत सरकारले अक्सिजन उत्पादन बढाउने योजना थालेको छ । भारतले देशभर ५०० वटा अक्सिजन उत्पादनसम्बन्धी कारखाना खोल्न अनुमति दिएको बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू