सोमबार, पुष २९, २०८१
03:56 | ०९:४१

तमुधिं आमा समूहले च्यारिटी दौडमार्फत् क्यान्सर रिसर्च यूकेलाई जुटायो सहयोग

नेपाली लिङ्क अप्रिल २५, २०२१


लन्डन । क्यान्सर रिसर्च यूकेको सहयोगार्थ आयोजित ‘रेस फर लाइफ २००२१ ’ मा तमु धिं आमा समूहले सहभागिता जनाएको छ । शनिबार बिहान समूहका तर्फबाट २४ जना भर्चुअल रुपमै ५ किमी च्यारिटी दौडमा सहभागी बनेका हुन् । यो च्यारिटी दौडमार्फत् तमुधिं यूकेको आमा समूहले क्यान्सर रिसर्च यूकेलाई २ हजार ४ सय ८६ पाउन्ड सहयोग समेत जुटाएको छ ।  

तमुधिं यूके आमा समूहका सदस्यहरुका साथै दोस्रो पुस्ताका किशोरीहरु समेतले दौड पूरा गरेका छन् ।  

तमुधिं यूके आमा समूहकी अध्यक्ष मन्जु (सीता) तमुस्यो, संस्थापक अध्यक्ष एवम् गैरआवासीय नेपाली संघ यूकेका संघकी अध्यक्ष पुनम तमुस्यो, समूहकी कोषाध्यक्ष यमन्ती तमुस्यो, दिपशिखा गुरुङ, सह-कोषाध्यक्ष ध्रुव गुरूङ, निवर्तमान अध्यक्ष जगतमाया तमुस्यो लगायत दौडमा सहभागी थिए ।

त्यस्तै सल्लाहकारहरु मन्जु गुरुङ राई, जशु गुरुङ, पार्वती तमुस्यो, पवित्र तमुस्यो, रिता गुरूङ छेत्री ,सदस्य तुलसी माया, सचिव लिना गुरुङ, महासचिव यशोदा गुरुङ, जस्मिन गुरुङ, जेशिका गुरुङ, जूनेट तमु, तमुधिं लण्डन इकाइ आमा समूह अध्यक्ष कमला तमुस्यो र निवर्तमान अध्यक्ष एवम् अन्तरसमाज समन्वय संयोजक डिलमाया तमुस्यो, उपाध्यक्ष देवकला तमुस्यो, बिनु तमुस्यो, महासचिव गुना तमुस्यो, एलाइस, सूजी, लक्ष्मीदेवी तमुस्योले पनि दौडमा भाग लिए ।

तमुधि आमा समूहकी अध्यक्ष मन्जु (सीता) तमुश्योले यस अभियानमा सहयोग गर्ने तमुधि यूकेका अध्यक्ष हितकाजी गुरुङ, वरिष्ठ उपाध्यक्ष हरी गुरुङ, उपाध्याक्ष जुम काजी गुरुङ,  तुलराम गुरुङ, पूर्व कोषाध्यक्ष दीपक गुरुङ, सपन इन्टरटेण्टमेन्टका डाइरेक्टर सपनकुमार राई, तमुधि आमा समूहकी संस्थापक अध्यक्ष एवम् गैर आवासीय नेपाली संघ बेलायतकी अध्यक्ष श्रीमती पुनम तमुश्यो, तमुधि लण्डन आमा समूहकी अध्यक्ष कमला गुरुङ एवम् पूर्व अध्यक्ष दिलमाया गुरुङ लगायत सबैप्रति आभार ब्यक्त गरेकी छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू