बुधबार, माघ २, २०८१
17:44 | २३:२९

नेपालमा संक्रमित निरन्तर बढ्दै

रासस अप्रिल २४, २०२१

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप दुई हजार ६१९ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आठ हजार ६६८  जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा संक्रमण पुष्टि भएको हो । जसमा सात हजार ५२५ जनाको पिसिआर र एक हजार १४३ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः दुई हजार ४८६ र १३३ जनामा संक्रमण पुष्टि भएको हो ।

आजसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दुई लाख ९७ हजार ८६ पुगेको छ । त्यस्तै पछिल्लो समय थप ३६८ जना निको भएका छन् । यससँगै निको हुनेको संख्या दुई लाख ७७ हजार १२३ रहेको छ । निको हुने दर भने ९३ दशमलव तीन प्रतिशत छ ।

अहिले देशभर १६ हजार ८२८ सक्रिय संक्रमित छन् । उनीहरूमध्ये ७१ क्वारेन्टिनमा रहेका छन् । अन्य  आइसोलेसनमा रहेका छन् ।  हालसम्म नेपालमा २३  लाख ९५  हजार ७२५ को पिसिआर परीक्षण भएको छ । त्यस्तै  कोरोनाका कारण १४ जनाको मृत्यु  पुष्टि भएको छ । हालसम्मा तीन हजार १३६  जनाले  कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । काठमाडौँमा ६४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै बाँकेका ३५२, रुपन्देहीका २६८, दाङका १७२ र ललितपुरका १४१ जनामा संक्रमण देखिएको छ । काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला काठमाडौँ, भक्तपुर, ललितपुरका साथै पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा सक्रिय संक्रमितको  संख्या ५०० नाघिसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू