मंगलबार, मंसिर ११, २०८१
16:39 | २२:२४

कोरोनाबाट संक्रमित पूर्वराजा रानी अस्पताल भर्ना

रासस अप्रिल २४, २०२१


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलराज्यलक्ष्मी शाह थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् ।

छोरी प्रेरणा शाहसहित उनीहरु आज दिउँसो १ बजे अस्पतालमा भर्ना भएको अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले जानकारी दिए । उनका अनुसार कोभिड–१९ उपचारका लागि उनीहरु भर्ना भएका हुन् ।

केही दिनअघि भारतको हरिद्वारबाट फर्किएपछि स्वाब परीक्षणका क्रममा पूर्वराजा र रानीमा कोरोना संक्रमण देखिएको थियो । कर्पोरेट कम्युनिकेशन प्रमुख बाँस्तोलाले उनीहरु तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू