मंगलबार, माघ ८, २०८१
21:56 | ०३:४१

भारतमा एकदिनमै करिब साढे तीन लाख संक्रमित    

रासस-एएनआई अप्रिल २४, २०२१

नयाँ दिल्ली ११ बैशाख– भारतमा कोरोनाभाइरसबाट एकैदिन सङ्क्रमित भएकाहरुको संख्या साढे तीन लाख पुग्न लागेको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ४७ हजार ७८६ जना संक्रमित भएका हुन् ।

यो संख्या कोरोनाभाइरसको महामारी सुरु भएदेखिकै सवैभन्दा धेरै भएको पनि अधिकारीहरुले जनाएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले पछिल्लो एक दिनमा दुई हजार ६२४ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेका छन् ।

योसँगै भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल एक लाख ८९ हजार ५४४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म कुल एक करोड ६६ लाख १० हजार ४८१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको पाइएको छ ।

कुल संक्रमित मध्ये २५ लाख ५२ हजार ९४० जना अझै पनि सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयको तथ्यांक छ ।

त्यसैगरी अहिलेसम्म एक करोड ३८ लाख ६७ हजार ९९७ जना सङ्क्रमणमुक्त भइसकेका छन् । ती मध्ये दुई लाख १९ हजार ८३८ जना पछिल्लो एक दिनमा संक्रमणमुक्त भएका हुन् ।

भारतमा गत जनवरी १६ देखि कोरोनाभाइरस विरुद्धको खोप अभियान चलिरहेपनि भाइरसबाट संक्रमित र मृतकको संख्यामा दिन प्रतिदिन बृद्धि हुदै गएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू