पार्टीमा एकताको सम्भावना क्षीण हुँदैः नेपाल



फाइल तस्विर
काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एकताको सम्भावना क्षीण हुँदै गएको बताएका छन् ।
पार्टीको धनुषा जिल्ला कार्य समितिद्वारा शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी अध्यक्ष दम्भको वायुपङ्खी घोडामा चढेका कारण एकता क्षीण हुँदै गएको स्पष्ट गरे । पार्टी गम्भीर संकटको चरणबाट गुर्जी रहेको छ भन्दै उनले यो संकटको सिर्जनकार पार्टी अध्यक्ष भएको आरोप लगाए ।
नेता नेपालले आफूसँगको कुराकानीमा आफू समाधानको बाटो अपनाउन आग्रह गरेकामा पार्टी अध्यक्षले पार्टी एकता सुन्ने नचाहेकाले पार्टी, लोकतन्त्र, संविधान, सङ्घीयता, विधि र प्रक्रिया धरापमा परेको धारणा राखे । वरिष्ठ नेता नेपालले पार्टी अध्यक्षले आफूलाई कारवाही गरेकोबारे विचार गर्न सकिने छ भनी जाली कुरा मात्र गरेको भन्दै २७ जना प्रतिनिधिसभा सदस्यसँग माग गरिएको स्पष्टीकरण औचित्यहीन छ भने ।
प्रावधानअनुसार पार्टी अध्यक्षलाई २७ संसद्को पद खोस्ने कुनै आधार नरहेको स्पष्ट गर्दे नेता नेपालले आफूहरूको मूल घर नेकपा
(एमाले) नै हो, पार्टी अध्यक्षको दम्भ धरहराभन्दा माथि चढिसकेका कारण अध्यक्षले सुधार गर्नुपर्ने बताए । उनले पार्टी अध्यक्ष आफूलाई सर्वज्ञानी ठान्ने गरेका कारण सबैतिर त्राहीमामको अवस्था उत्पन्न भई पार्टी गतिविधि कागजमा सीमित हुन पुगेको बताए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५