नेपालमा निरन्तर बढ्दै संक्रमण, थप एक हजार ७३६ संक्रमित


काठमाडौँ–देशभर पछिल्लो २४ घण्टामा थप एक हजार ७३६ मा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय आठ हजार ७३८ जनाको स्वास्थ्य परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
यसमा आठ हजार ५५ को पिसिआर र ६८३ को एन्टीजेन परीक्षण गर्दा क्रमशः एक हजार ६६९ र ६९ जनामा संक्रमण पुष्टि भएको छ ।
आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई लाख ८७ हजार ५६७ पुगेको छ । त्यस्तै पछिल्लो समय थप २५१ निको भएका छन् । योसँगै निको हुनेको संख्या दुई लाख ७५ हजार ८०६ रहेको छ । निको हुने दर भने ९५ दशमलव नौ प्रतिशत छ ।
अहिले देशभर आठ हजार ६५९ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ९२ क्वारेन्टिनमा र अन्य आइसोलेसनमा छन् । हालसम्म नेपालमा २३ लाख ६० हजार ५५७ को पिसिआर परीक्षण भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा रिपोर्ट प्राप्त भएको मृत्यु संख्या ११ रहेको छ भने पछिल्लो १२ घण्टामा तीन जनाको मृत्यु भएको छ । हालसम्म तीन हजार १०२ ले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय संक्रमण भएकामा १९३ बालबालिका रहेका छन् । यसमा नौ वर्षसम्म उमेर समूहका ४३ र १० देखि १९ वर्ष समूहका १५० जना रहेको जनाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५