शनिबार, फागुन १७, २०८१
संसद् अधिवेशन अन्त्य


रासस
अप्रिल १९, २०२१
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको चालु हिउँदे अधिवेशन आज अपराह्न १ बजेदेखि अन्त्य गरेकी छन् ।
मन्त्रिपरिषद्को सोमबार बिहान बसेको बैठककोे सिफारिशमा राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ (२) बमोजिम अधिवेशन अन्त्य गरेकी हुन् । सोसम्बन्धी पत्र राष्ट्रपतिको कार्यालयबाट संघीय संसद् सचिवालयमा प्राप्त भइसकेको थाहा भएको छ ।
सर्वाेच्च अदालतको गत फागुन ११ को फैसलाबाट पुनःस्थापित प्रतिनिधिसभामा राजनीतिक विवादका कारण महत्वपूर्ण विधेयक अघि बढ्न सकेका थिएनन् । सो अधिवेशन गत फागुन २३ गतेदेखि आरम्भ भएको थियो । यसैबीच, मन्त्रिपरिषद्का निर्णय अपराह्न सरकारका प्रवक्ताले सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५