सोमबार, पुष २९, २०८१
02:42 | ०८:२७

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या सातामा २७.१ प्रतिशत ह्रास

२४ घन्टामा थप १० को मृत्‍यु

नेपाली लिङ्क अप्रिल १८, २०२१

लन्डन । बेलायतमा पछिल्ला केहि दिनयता कोरोना संक्रमण र मृत्यु दर निरन्तर घट्दै गएको छ । गत १२ अप्रिलदेखि १८ अप्रिलसम्मको एक सातामा १८३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बितेको २४ घन्टामा १० जनाको मात्र कोरोना संक्रमणका कारण मृत्यु भएको छ । अघिल्लो दिन ३५ जनाको मृत्यु भएको थियो । अघिल्लो हप्ताको तुलनामा मृतक संख्यामा २७.१ प्रतिशतले ह्रास आएको सरकारी तथ्यांकले देखाएको छ ।

योसंगै कोरोना संक्रमणका कारण बेलायतमा मृत्यु हुनेको संख्या एक लाख २७ हजार २७० पुगेको छ । कोरोना संक्रमणका कारण सबैभन्दा बढी मृत्यु हुने मुलुकमध्ये अमेरिका, ब्राजिल, मेक्सिको, भारत पछि बेलायत पाँचौं स्थानमा पर्दछ ।

यसैगरी बेलायतमा बितेको २४ घन्टामा एक हजार ८ सय ८२ जना नयां संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ ।

यससंगै बेलायतमा संक्रमितको संख्या ४३ लाख ८७ हजार ८२० पुगेको छ । एकसातामा १७ हजार ८८७ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमित संख्यामा पनि २.८ प्रतिशतले ह्रास आएको छ ।

बेलायतमा सक्रिय संक्रमितको संख्या एक लाख ९ हजार ९८२ छ भने ४१ लाख ५० हजार ५६८ संक्रमित निको भइसकेको वर्ल्डओमिटरको तथ्यांकमा उल्लेख छ ।

अस्पतालमा उपचार गराइरहेका र नयां भर्ना हुनेको संख्यामा पनि कमी आएको छ । आइतबार सार्वजनिक तथ्याँक अनुसार हाल भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या ३३२ छ ।

त्यस्तै, पछिल्लो तथ्यांक अनुसार १७९ संक्रमित अस्पताल भर्ना भएका छन् । हाल अस्पतालमा उपचार गराइरहेका कोरोना बिरामीको संख्या दुई हजार १८६ मा झरेको छ ।

४ करोड २७ लाख बढी खोप वितरण

बेलायतमा हालसम्म खोपको पहिलो र दोस्रो गरि चार करोड २७ लाख ८० हजार ६९ डोज वितरण भएको छ ।

तीन करोड २८ लाख ४९ हजार २२३ जनाले खोपको पहिलो र ९९ लाख ३० हजार ८४६ जनाले खोपको दोस्रो डोज लिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू