सोमबार, पुष २९, २०८१
01:23 | ०७:०८

लण्डनका व्यवसायी उत्तम नेपालले ५ करोड खर्चेर धादिङमा बनाइदिए स्कुल

नेपाली लिङ्क अप्रिल १७, २०२१


लण्डन — बेलायतस्थित एक नेपाली व्यवसायीले आफ्नो जन्मस्थानमा करिब ५ करोड रुपैयाँको लगानीमा विद्यालय भवन निर्माण गरिदिएका छन् ।

बेलायतमा सन् १९९१ देखि व्यवसाय गर्दै आएका व्यवसायी  उत्तम नेपाल तथा उनकी श्रीमती क्लेयर नेपालले धादिङ, गल्छी नगरपालिका डुमरीचौरस्थित कल्लेरीको सरस्वती उच्च माध्यामिक विद्यालय भवन निर्माण गरिदिएका हुन् ।

१६ रोपनी क्षेत्रफलमा फैलिएको जग्गामा अत्याधुनिक विद्यालय भवन निर्माण गरिएको नेपालले जानकारी दिए ।

‘नेपालमा महाभूकम्प गएको बेला केही गर्छु भनेको थिएँ । साना बालबालिकाको उज्ज्वल भविष्यको लागि आफ्नै गाउँमा सहयोग गरेको हुँ ’, नेपालले भने ।

जमिन सम्याउने लगायत विद्यालय भवन निर्माणको काम पुरा भएको तर डिजिटल पुस्तकालय, कम्प्युटर ल्याब लगायत तयार गर्न थप लगानी आवश्यक रहेको उनले बताए। 

हाल ३ सय ८० जना विद्यार्थी पढिरहेको विद्यालय भवनमा ५ सय भन्दा बढी विद्यार्थीहरु पठनपाठन गर्न सक्छन् ।  

कोभिड संक्रमणको स्थितिमा सुधार आएपछि नयाँ विद्यालय भवन उद्घाटन गर्ने योजना रहेको बताइएको छ ।

बेलायतमा रहेका सफल व्यवसायी नेपाल युमी इन्टरन्याशनलका सह-संस्थापक तथा प्रमुख कार्यकारी हुन् । उनले ‘उत्तम लण्डन’ भन्ने ब्राण्डमा अत्याधुनिक पोशाकहरु बेलायत तथा युरोपका प्रमुख डिपार्टमेन्ट स्टोरहरुमा आपूर्ति गर्दै आएका छन् ।

व्यवसायी नेपाल विद्यार्थीमाझ दायांबाट दोश्रो

व्यवसायी उत्तम नेपाल

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू