संक्रमण अति प्रभावित १४ जिल्लामा विद्यालय नजान अपिल


काठमाडौं । सरकारले कोभिड–१९ को संक्रमण बढ्दै गएकाले अति प्रभावित १४ जिल्लाका विद्यालयलगायत भीडभाड हुने ठाउँमा नजान आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बिहीबार अपिल जारी गर्दै पछिल्ला दिनमा संक्रमण बढ्दै गएकाले काठमाडौँ, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङका विद्यालयलगायत भीड हुने ठाउँमा नजान आग्रह गरिएको छ ।
‘ती जिल्लाका बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवा अविलम्ब बन्द गर्नुपर्ने अवस्था भए पनि विद्यालय, रात्रि व्यवसाय, ७:०० बजेपछि सबै रेष्टुरेष्ट तथा क्लब, खेलकूद, जीम, सार्वजनिक पूजाआजा तथा जात्रा, सभा, सम्मेलन, बैठक तथा भेला, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थलमा सहभागी नभइदिन हुन अनुरोध छ’, अपिलमा भनिएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५