मंगलबार, माघ ८, २०८१
01:40 | ०७:२५

भारतमा कोरोना संक्रमण तीव्र रुपमा बढ्दै

रासस-एएनआई अप्रिल ११, २०२१

भारतमा संक्रमित बढ्ने क्रम निरन्तर  

नयाँ दिल्ली । रासस-एएनआई भारतमा कोरोनाभाइरसबाट एकै दिनमा डेढ लाखभन्दा बढी संक्रमित भएका छन् । 

एकै दिनमा यति धेरै संक्रमित भएको यो पहिलो पटक भएको स्वास्थ्य अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।   

उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा एक लाख ५२ हजार ८७९ जना संक्रमित भएका हुन् । 

भारतमा पछिल्लो केही हप्तादेखि दैनिक संक्रमितहरुको संख्या  तिव्र बृद्धि हुँदै आएको छ भने पछिल्ला केही दिनदेखि दैनिक एक लाखभन्दा बढी संक्रमित भएका छन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्म कुल संक्रमितको संक्रमित एक करोड ३३ लाख ५८ हजार ८०५ पुगेको जनाएको छ । 

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ८३९ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु भएकाहरुको कुल संख्या एक लाख ६९ हजार २७५ पुगेको छ । 

भारतमा ११ लाख आठ हजार ८७ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् । मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यसअघि गत शनिबार एकै दिनमा एक लाख ४५ हजार ३८४ जना संक्रमित भएका थिए । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू