भारतमा एकै दिन एक लाख ४५ हजार संक्रमित
नयाँ दिल्ली। भारतमा कोरोनाभाइरसबाट एकै दिन झण्डै डेढ लाख संक्रमित भएका छन् ।
यो संख्या कोरोनाभाइरस महामारी शुरु भएदेखि अहिलेसम्मकै सबैभन्दा ठूलो भएको स्वास्थ्य अधिकारीहरुले शनिबार जनाएका छन् ।
उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट एक लाख ४५ हजार ३८४ जना संक्रमित भएका हुन् ।
यसअघि अघिल्लो एकै दिनमा एक करोड ३२ लाख पाँच हजार ९२६ जना कोरोनाभाइरसबाट संक्रमित भएका थिए ।
सरकारी अधिकारीहरुले सोही अवधिमा भारतमा देशभरी कुल ७९४ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ ।
भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको संख्या दश लाख ४६ हजार ६३१ रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
शुक्रबार मात्रै ७७ हजार ५६७ जना कोरोनाभाइरस मुक्त भएका छन् भने अहिलेसम्म कोरोनाभाइरस मुक्त भएकाहरुको संख्या एक करोड १९ लाख ९० हजार ८५९ रहेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५