अम्बाका पात उमालेर कुल्ला गरिदिउँ, घाँटीमा बसेको कोरोना चैट: ओली


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबाट जोगिन पर्याप्त सावधानी अपनाउन आव्हान गरेका छन् । संक्रमणको खतरा फेरि बढ्दै गएको भन्दै उनले सावधानी अपनाउन नसके अवस्था थप बिग्रिंदै जाने बताए ।
बिहीबार नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणका लागि देशलाई ठप्प पार्ने पक्षमा अहिले आफू नरहेपनि सावधानी नअपनाए चाँडै त्यो अवस्था आउने उल्लेख गरे ।
खोपले समेत शतप्रतिशत सुरक्षा ग्यारेन्टी नहुने भन्दै उनले सावधानी नै कोरोना जित्ने प्रमुख अस्त्र भएको सुनाए । तातो पानीको बाफ लिने, नुनपानीले कुल्ला गर्ने जस्ता बानीले संक्रमणबाट जोगाउने उनको भनाइ छ ।
‘अलि तातोतातो पानी लिँदै नस लिँदै नाक स्याकस्याक गरेर सफा गरिदिऔं, पहिले गएर नाकमा बस्ने हो कोरोना त्यहींबाट फालिदिएपछि चैट,’ उनले भने , ‘नुन, पानीले गारगल गरिदियो, सकिन्छ भने अम्बाका दुईवटा पात उमालिदिउँ, बेसरी गारगल गरिदिउँ, घाँटीमा बसेको चैट, स्टिम लिइदिउँ फोक्सोबाट चैट , त्यत्ति गर्दाखेरी धेरै सुरक्षित भइन्छ । अब हन्ड्रेड पर्सेन्ट सुरक्षित त भ्याक्सिनले पनि गर्दैन ।’
छिमेकी मुलुक भारतमा संक्रमण दर बढ्दै गएको र खुला सिमानाका कारण नेपालमा पनि जोखिम बढेकोले सचेत बन्न थप जरूरी बनेको प्रधानमन्त्रीको भनाइ थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५