‘कबड्डी ४’ मा अनुवन्ध भइन् बेलायतकी गौमाया
अभिनययात्रामा अघि बढ्दै मिस यूके नेपाल २०११


लन्डन । नेपाली फिल्म ‘कबड्डी ४’ मा बेलायतनिवासी गौमाया गुरुङ (यात्री) अनुवन्ध भएकी छिन् ।
‘मिस यूके नेपाल–२०११’ गौमाया लन्डनकै अर्की उदयीमान नायिका मिरुना मगरका साथ उक्त फिल्ममा अनुवन्ध भएको गौमायाले जनाइन् ।
‘ठूलो ब्यानरमा अभिनयको अवसर पाउंदा खुशी छु’, गौमायाले भनिन्, ‘मलाई विश्वास छ, अभिनयमा न्याय गर्न सक्छु ।’
बैशाख पहिलो सातादेखि छायांकन सुरु हुने सो फिल्म रामबाबु गुरुङले निर्देशन गर्नेछन् । आफ्नो भूमिकाका लागि दुवै नायिका हाल नेपाल पुगिसकेका छन् ।

‘मिस यूके नेपाल–२०११’ की विजेता हुन् गौमाया ।
‘कबड्डी ४: द फाइनल म्याच’ मा दयाहाङ राई, सौगात मल्ल, विजय बराल, बुद्धि गुरुङ, पुष्कर गुरुङ, जयनन्द लामा, कविता आले लगायतको पनि अभिनय रहने छ ।
गौमायाले यसअघि बीबीसी र अमेरिकी टेलिभिजन च्यानल एफएक्सले संयुक्त रूपमा निर्माण गरेको ‘ब्ल्याक नार्सिसस’ टीभी मिनी सिरिजमा ओमको आमाको भूमिका पनि निभाइसकेकी छन्।
यस अलवा उनले अभिनय गरेको ‘गोर्खा विनिथ द ब्रेभरी’ फिल्म पनि रिलिजको तयारीमा छ ।
उनले ‘मिस यूके नेपाल–२०११’ भएदेखि नै बेलायतस्थित नेपाली समुदायमा विभिन्न च्यारिटी र महिलाका लागि जनचेतनामुलक कार्यक्रम गर्दै आएकी छन् ।

भूतपूर्व ब्रिटिश गोर्खा सैनिककी सुपुत्री गौमाया ‘ट्राभल भ्लगर’ पनि हुन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५