शनिबार, फागुन १७, २०८१
भागरथी र हत्या आरोपीको डिएनए मिल्यो


नेपाली लिङ्क
मार्च २५, २०२१
कैलाली । बैतडीकी भागरथी भट्टको हत्याका आरोपी दिनेश भट्टको डिएनए परीक्षणको नतिजा मृतकको डिएनएसँग मिलेको छ ।
बलात्कारपछि हत्या भएकी १७ वर्षीया भागरथीको भजाइनल स्वाबबाट निकालिएको डीएनएसँग हत्या आरोपी मिलेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।
शुरुमा बलात्कारपछि हत्या गरेको स्वीकारेका दिनेशले केही दिनअघि एक कर्मचारी र अर्का एक व्यक्तिको संलग्नता रहेको भन्दै फरक बयान दिएका थिए ।
तर केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला, सामाखुशीमा परीक्षण गराउँदा डीएनए मिलेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख नारायणप्रसाद अधिकारीले बताए ।
बैतडी दोगडाकेदार गाउँपालिका-७ की १७ वर्षीया भागरथीको गत माघ २१ मा बलात्कारपछि हत्या भएको थियो । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा फागुन ४ गते दिनेश भट्टलाई पक्राउ गरेको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५