नेपालमा थपिए ७९ जना नयां संक्रमित


काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ७९ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय दुई हजार ६३७ को नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
त्यस्तै, पछिल्लो २४ घण्टामा कारोना सङ्क्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हालसम्म कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७५ हजार ८२९ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा उपचारपछि निको हुनेको सङ्ख्या ८२ पुगेको छ । योसँगै उपचारपछि निको हुनेको सङ्ख्या दुई लाख ७१ हजार ८१५ रहेको छ । निको हुने दर भने ९८ दशमलब ५ प्रतिशत छ ।
अहिले देशभर ९९८ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ४७ क्वारेन्टिनमा छन्, अन्य आइसोलेशनमा छन् । हालसम्म नेपालमा २२ लाख ३३ हजार ३४५ को पिसीआर परीक्षण भएको छ । हालसम्म तीन हजार १६ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५