शनिबार, फागुन १७, २०८१
नेपाल पक्षमाथि कारबाही प्रक्रिया अघि बढाउने एमाले संसदीय दलको निर्णय


नेपाली लिङ्क
मार्च २०, २०२१
काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठकले माधव नेपाल पक्षमाथि कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।
बैठकले पार्टीमा गुटगत भेला गर्ने माधव नेपालसहितका नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
बैठकपछि एमाले नेता महेश बस्नेतले दिएको जानकारीअनुसार संसदीय दलको बैठकको निर्णय कार्यान्वयनका लागि केन्द्रीय समितिमा पठाइएको छ ।
यसअघि पार्टी अध्यक्ष एवम् संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठक माधव नेपाल पक्षले बहिष्कार गरेको थियो ।
नेपाल पक्षबाट तीन सांसदले बालुवाटार लिएर गएको ज्ञापनपत्र समेत प्रधानमन्त्री ओलीले ‘गुटको पत्र बुझ्दिन’ भन्दै बुझ्न अस्वीकार गरेका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५