शनिबार, फागुन १७, २०८१
नेपाललाई खोप खरिद गर्न आठ अर्ब ६२ करोड सहयोग प्राप्त हुँदै


रासस
मार्च २०, २०२१
काठमाडौं । सत्तरी प्रतिशतभन्दा बढी नेपालीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने उद्देश्यले अन्तर्राष्ट्रिय विकास संघमार्फत विश्व बैंकले रु आठ अर्ब ६२ करोड ५० लाख प्रदान गर्ने निर्णय गरेको छ ।
नेपालको स्वास्थ र खोप प्रणालीलाई सुदृढ गर्दै संरक्षित प्रभावकारी एवं समतामूलक वितरणमा सहयोग गर्न बैंकको कार्यकारी निर्देशक बोर्डले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको बैंकको प्रधान कार्यालय वासिङ्टनबाट शुक्रबार जारी विज्ञप्तिमा जनाइएको छ ।
खोप खरिद, वितरण, परीक्षण, प्रयोगशालासम्बन्धी कामका साथै नेपालको अर्थतन्त्र र नेपालीको स्वास्थ्यको रक्षाका निम्ति सहयोग रकम प्रदान गर्ने निर्णय भएको बताइएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५