शनिबार, फागुन १७, २०८१
महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त


रासस
मार्च १९, २०२१
काठमाडौँ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफ्नो पदबाट राजीनामा दिएपछि अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम काठमाडौँ महानगरपालिका–७, चाबहिल निवासी अधिवक्ता बडाललाई नेपालको महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन् ।
यसअघि राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमार्फत महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आजैदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका थिए ।
राष्ट्रपतिले खरेललाई महान्यायाधिवक्ताका हैसियतले गरेको कार्यसम्पादनप्रति धन्यवाद व्यक्त गरेकी छन् । नवनियुक्त महान्यायाधिवक्ता बडालको शपथ आइतबार हुने जनाइएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५