शनिबार, फागुन १७, २०८१
युवतीसंगै होटेलबाट पक्राउ परे वडाध्यक्ष


रासस
मार्च १९, २०२१
बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ का वडाध्यक्ष भरत महरा स्थानीय एक महिलासँग होटेलबाट पक्राउ परेका छन् ।
शंकास्पदरूपमा भेटिएका वडाध्यक्ष र ती महिलालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
उनीहरु दुवैलाई बिहान ३ः०० बजे स्थानीय खोचलेक बजारको एक होटलको कोठाबाट नियन्त्रणमा लिइएको हो । उनीहरु दुवै कोठामा रहेको भन्ने जानकारी वडाअध्यक्ष महराकी श्रीमतीले पाएपछि उनले नै प्रहरीलाई खबर गरेकी थिइन् ।
शंकास्पद भेटिएका दुवै जनालाई जिल्ला ल्याइन लागिएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए ।
उनले भने, ‘दुवै जनालाई एउटै कोठाबाट नियन्त्रणमा लिएका हौँ, जिल्ला ल्याइँदैछ । थप बुझ्दैछौँ, अहिले नै सबै कुरा भन्न सकिने अवस्था छैन, पार्टीको काम भएकाले सँगै कोठामा बसेको भनिएको छ ।’
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५